सुनको मूल्यमा नयाँ रेकर्ड
अखबार टुडे
प्रकाशित:
२०७८, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । सुनचाँदी बाजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेको हो । सुनको भाउ बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ । २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस पटक भने रुस–युक्रेन द्वन्द्वका कारण सुनको भाउ आकासिएको व्यवसायी बताउँछन् । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १४१० रुपैयाँ थियो । सामान्यत सुन र चाँदीको भाउ सम्बन्ध सकारात्मक हुने गर्दछ ।

प्रतिक्रिया