दुई दिनमै किएभ कब्जा गर्ने पुटिनले योजना बनाएको खुलासा
प्रकाशित:
२०७८, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन् ।
मङ्गलवार एउटा संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई चेतावनी दिँदै भने, ‘मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन् । गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ ।’
पुटिन धेरै वर्षदेखि गुनासो र महत्त्वाकाङ्क्षाको एउटा ज्वलनशील मिश्रणमा तड्पिएको उनको भनाइ थियो । फेब्रुअरी २४ मा युक्रेनमाथि भएको रुसी पुटिनको गहिरो निजी दृढ विश्वासका कारण भएको उनले टिप्पणी गरे । – बीबीसी
प्रतिक्रिया
सम्बन्धित समाचार
