नारी दिवसको अवसरमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना
अखबार टुडे
प्रकाशित:
२०७८, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । नबिल बैंकले ‘नबिल एफडी कार्ड’ योजना सुरु गरेको छ । यो योजना अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुने बैंकले जनाएकोछ ।

नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नह्ने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको बैंकले जनाएको छ ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दै । प्रयोगकर्ताले यो कार्ड पिओएस (एइक्) वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सकिने छ ।

साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता बस्तुहरु खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल/ग्राहकलाई आफ्ना नजिकका परिवारका सदस्यका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने सुविधा प्रदान गरेको छ । यस योजनाअन्तर्गत रु २ लाख प्रतिकार्ड सीमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सक्नेछन् ।

यो मुद्धती निक्षेप र क्रेडिट कार्डको अद्भूत विषेशतासहितको सुविधा रहेको छ । बैंकका ग्राहकले आफूले चाहेको वस्तुको मजा लिँदै मुद्दती निक्षेपमा ११.०३ प्रतिशतका दरले ब्याजसमेत प्राप्त गर्नेछन् । यस्ता किसिमका योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउने छ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया