खार्किभमा उच्च रुसी सैन्य अधिकारी मारिएको दाबी
अखबार टुडे
प्रकाशित:
२०७८, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । रुस–युक्रेन जारी युद्धका क्रममा खार्किभमा एक उच्च रुसी सैन्य अधिकारी मारिएको युक्रेनले दाबी गरेको छ ।

युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्ति अनुसार रुसी सेनाका मेजर जनरल भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएका हुन् ।

युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध अनि सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएका थिए । क्राइमिया पुनः नियन्त्रणमा लिए पश्चात उनले पदक प्राप्त गरेका थिए ।

युद्धमा अन्य कैयौँ वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको र मारिएको बताइएको छ । यस विषयमा बीबीसीले भने स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । रुसी अधिकारीहरूले पनि उक्त विषयबारे प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया