युक्रेनले क्राइमियालाई रुसी भूभाग, डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य माने सैन्य कारबाही रोकिन सक्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २३ फाल्गुन

काठमाडौं, २३ फागुन । यदि युक्रेनले रुसका सर्तहरू माने कुनै बेला पनि जारी सैन्य कारबाही बन्द गर्न सक्ने रुसले बताएको बीबीसीले जनाएको छ ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार त्यसका लागि युक्रेनले क्राइमियालाई रुसी भूभाग तथा डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्नुपर्नेछ । त्यसबाहेक युक्रेनले आफ्नो संविधान संशोधन गरेर कुनै गठबन्धन (जस्तै – नेटो) मा प्रवेश नगर्ने निश्चित गर्नुपर्ने उनको भनाइ छ ।

उनले रुसले युक्रेनको थप भूभागमा आफूले दाबी गर्न नखोजेको कुरामा जोड दिए । रुसले सन् २०१४ को मार्चमा क्राइमिया गाभेको थियो अनि केही सातापछि पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्स्क क्षेत्रमा रुसलाई समर्थन गर्ने पृथक्तावादी समूहहरूलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया