ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २३ फाल्गुन


काठमाडौं, २३ फागुन । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ मा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएका छन् ।

उनीहरु सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् भने एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ रहेका छन् । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको बताए । घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया