सुनको भाउ बढेर नयाँ रेकर्ड नजिक
प्रकाशित:
२०७८, २३ फाल्गुन
काठमाडौं, २३ फागुन । पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सुनको भाउ लगातार बढ्दै गएको छ । सनुचाँदी बजारमा सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँमा पुगेको छ ।
योसँगै, सुनको भाउ बढेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । उनका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ ।
प्रतिक्रिया