रुस-यूक्रेन युद्धलाई नभड्काउन विश्व समुदायलाई चीनकोआग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २२ फाल्गुन

काठमाडौं, २२ फागुन (एजेन्सी) । रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई चीनले आग्रह गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताएका हुन् ।

चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरु रुस र युक्रेनबीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै समस्या समाधान हुने प्रष्ट पारेका छन् । रुसको निकट सहयोगीका रुपमा रहँदै आएको चीनले यूक्रेनमाथि रुसी आक्रमणबारे ओपचारिक रूपमा पक्ष वा विपक्षमा कुनै प्रतिक्रिया दिएको छैन ।

चीन, भारत र संयुक्त राज्य इमिरेट्स राष्ट्रसंघमा यूक्रेन युद्धलाई लिएर भएका महत्वपूर्ण मतदानमा अनुपस्थित भएका थिए । चीन यूरोपमा युद्धको पक्षमा नरहेको भएपनि तर उसको रूससँगको सैन्य सहकार्य पनि बलियो बनाउन चाहन्छ ।

चिनियाँ विदेशमन्त्री यीले रूस र युक्रेनबीच इमान्दार वार्ता गराउन र रुसको सुरक्षा चासो सम्बोधन गर्न अमेरिका, नेटो र युरोपियन युनियनलाई आग्रह गरेको पनि ग्लोबल टाइम्सले जनाएको छ ।

प्रतिक्रिया