पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रकाशित:
२०७८, २२ फाल्गुन
काठमाडौं, २२ फागुन । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको तनहुँका डिएसपी युवराज खड्काले पुष्टि गरे ।
प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको खड्काले बताए । गत फागुन १५ गते पक्राउ परेका शाह आफैँ तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । पक्राउ परेलगत्तै जिल्ला अदालतले एक हप्ताको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया