संसद भंग गरेर अब सबै निर्वाचनमा जाऔँ : अध्यक्ष नेपाल
प्रकाशित:
२०७८, २२ फाल्गुन
काठमाडौं, २२ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसद भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले भने, ‘संसदमा केपी ओली कति सहने रु एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने । त्यसैले अब संसद भंग गर्ने, संसद् पनि रहन्न, यो बितण्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔँ ।’ एमालेले संसद अवरुद्ध गरेर हैरान पारेको भन्दै उनले यस्तो धारणा राखेका हुन् ।
नेकपा एमाले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लामो समययता संसद अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’