एमाले सांसद मोहन बानियाँ निलम्बित
अखबार टुडे
प्रकाशित:
२०७८, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बनमा परेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका हुन् ।
एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया