पुटिनलाई कसरी पराजित गर्ने ? यस्ता छन् बेलायती प्रधानमन्त्री जोनसनको ६ बुँदे योजना
अखबार टुडे
प्रकाशित:
२०७८, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्वका नेताहरूलाई युक्रेनमा रुसले गरेको ‘भयानक’ हमला विफल तुल्याउन नयाँ प्रयास गर्न आह्वान गरेका छन् । बिबिसीका अनुसार उनले रुसी राष्ट्रपति पुटिनमाथि दबाब कायम राख्न ६ बुँदे योजना बनाएका छन् ।

यस्ता छन् ती योजना :

१. विश्व नेताहरूले युक्रेनको लागि अन्तर्राष्ट्रिय मानवीय गठबन्धनलाई परिचालन गर्नुपर्छ ।
२. सबैले युक्रेनले आत्मरक्षाको लागि गरेको प्रयासहरूमा साथ दिनुपर्छ ।
३. रुसमाथि आर्थिक दबाब बढाउनुपर्छ ।
४. अन्तर्राष्ट्रिय समुदायले युक्रेनमा रुसले आफ्नो गतिविधिलाई सामान्य बनाउने प्रवृत्तिको प्रतिरोध गर्नुपर्छ ।
५. युक्रेनको वैध सरकारको पूर्ण सहभागितामा मात्र युद्धको कूटनीतिक समाधान खोज्नु आवश्यक छ ।
६. नेटो देशहरूबीच सुरक्षा र लचिलोपन सुदृढ गर्न द्रुत अभियान अघि बढाउनुपर्छ ।

जोनसनले भोलि सोमबार डाउनिङ स्ट्रिटमा हुने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र डच प्रधानमन्त्री मार्क रुटेसँगको बैठकमा आफ्नो सन्देश प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया