युक्रेनद्वारा हतियार र युक्रेनको आकाशलाई हवाई निषेधित क्षेत्र घोषणा गर्न माग
अखबार टुडे
प्रकाशित:
२०७८, २२ फाल्गुन

काठमाडौं, २२ फागुन (एजेन्सी)। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँग हतियार मागे गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले शनिबार अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनलाई फाइटर जेट दिन र रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

अमेरिकी कांग्रेसका करिब ३०० सदस्यहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै जेलेन्स्कीले उक्त माग राखेको बीबीसीले जनाएको छ । उनले सम्बोधनको क्रममा ‘युक्रेनको आकाशलाई हवाई निषेधित क्षेत्र घोषणा’ गर्नुपर्ने माग दोहोर्याएका थिए ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई अतिरिक्त सैन्य सहयोग र मानवीय सहायता आवश्यक रहेकोतर्फ अमेरिकी संसदको ध्यानाकर्षण गराएका थिए । तर, अमेरिकी संसदले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउने र युक्रेनमा हवाई प्रतिबन्ध लगाउनुपर्ने माग अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अत्याधिक बढ्ने र युक्रेनको आकाशमा हवाई प्रतिबन्ध लगाउँदा युद्ध विस्तार हुने अमेरिकाको भनाइ छ । अमेरिकी सिनेटका नेता चक शुमरले युक्रेनका अन्य मागहरु पूरा गर्न अमेरिकी राष्ट्रपति जो बाइडन नेतृत्वको प्रशासनलाई सघाउने बचन दिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया