काठमाडौं, २० फागुन (एजेन्सी) । १३० ओटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीबाट भारतीय विद्यार्थी र अन्य विदेशीहरूलाई रुसको बेल्गोरोड क्षेत्रमा लैजान तयार रहेका रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले बिहीबार घोषणा गरेका छन् ।
उनले भनेका छन्, ‘भारतीय विद्यार्थी र अन्य विदेशी राज्यका नागरिकहरूलाई उद्धार गर्न आज बिहान ६ बजेदेखि बेल्गोरोड क्षेत्रको नेखोतेयेभका र सुड्झा चेकपोस्टबाट कूल १३० वटा आरामदायी बस खार्किभ र सुमी जाने तयारीमा छन्,’ ।
चेक प्वाइन्टमा अस्थायी बसोबास र आरामका लागि ठाउँ पनि तोकिएको बताइएको छ । शरणार्थीहरूलाई तातो खाना उपलब्ध गराइनेछ; रुसी समाचार एजेन्सी तासले जनाएको छ । त्यहाँ औषधिको भण्डारसहित मोबाइल क्लिनिकहरू पनि स्थापना गरिएको छ ।
विस्थापितहरुलाई त्यसपछि बेलगोरोड सहरमा पठाइनेछ र त्यसपछि रुसी सैन्य विमानहरू लगायत हवाई मार्गबाट तिनीहरूको मातृभूमि प्रस्थान गर्नका लगाइने छ, जनरल मिजिन्त्सेभले भनेका छन् ।
युक्रेन प्लान्ट आक्रमण बारे बेलायतद्वारा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह
बेलायती विदेशमन्त्री लिज ट्रसले शुक्रबार युक्रेनको आणविक ऊर्जा प्लान्टमा रूसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताउँनु भएको छ ।
ब्रसेल्समा नेटो विदेश मन्त्रीहरूको बैठकका क्रममा उनले ब्रिटिश टेलिभिजनलाई अन्तर्वार्ता दिँदै, ‘यो आक्रमण युरोपेली सुरक्षा र स्थायित्वका लागि खतरा थियो र हामीले जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन आवश्यक छ’, भनेका छन् ।
रुसी सेनाले १६० भन्दा बढी शैक्षिक संस्था ध्वस्त गरेको युक्रेनको विदेश मन्त्रालयको दाबी
रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालय (MFA) ले शुक्रबार जनाएको छ ।
युक्रेनका शिक्षा मन्त्रीका अनुसार युक्रेनका १६० भन्दा बढी शैक्षिक संस्थाहरू रुसी सेनाको गोलाबारीबाट आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन् । यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् ।
अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले प्रमुख रुसी बैंकहरूलाई अन्तरबैंक सन्देश प्रणाली, SWIFT बाट हटाउन सहमत भएका छन्। यसबाट रुसी बैंकहरूले रुसको सिमाना बाहिरका बैंकहरूसँग सुरक्षित रूपमा सञ्चार गर्न सक्ने छैनन् । राष्ट्रपति पुटिनले अमेरिका र उसका सहयोगीहरू विरुद्ध विशेष आर्थिक उपायको अध्यादेशमा पनि हस्ताक्षर गरेका छन् ।
क्रेमलिनले रुसीहरूलाई पुटिनको वरिपरि ’एकजुट’ हुन आह्वान गरेको छ
मस्कोले युक्रेनमा आक्रमण शुरु गरेको एक हप्ता पछि क्रेमलिनले शुक्रबार रूसीहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा एकजुट हुन आह्वान गरेको छ ।
युद्ध अन्त्य गर्न सार्वजनिक व्यक्तिहरूबाट गरिएको आग्रह बारे प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘अहिले विभाजित हुने समय होइन, ‘क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अब सबै हाम्रो राष्ट्रपतिको पक्षमा एकजुट हुने समय हो ।’ भने ।