युरोपकै ठूलो परमाणु केन्द्र रुसको कब्जामा, पश्चिमाबाट खतरा देखिएकाले युक्रेनमा सैन्य कारबाही गरियो
अखबार टुडे
प्रकाशित:
२०७८, २० फाल्गुन

काठमाडौं, २० फागुन (एजेन्सी) । रुसी सैनिकहरुले युक्रेनमा हरेको युरोपकै सवैभन्दा ठूलोे जापोरिज्या परमाणु केन्द्र नियन्त्रणमा लिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
रुसी सैनिकहरूले कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका हुन ।

रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन । रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको थियो ।

कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरुले कामलाई निरन्तरता पनि दिइरहेका छन् ।युक्रेनको आपतकालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ ।

विस्फोटपछि युक्रेनमा मालवाहक पानीजहाज डुब्यो
युक्रेनको तटनजिक एउटा मालवाहक पानीजहाज विस्फोटपछि डुबेको सो जहाजका मालिक इस्टोनियाका व्यक्तिले त्यसबारे जानकारी गराएका छन् । विस्फोट कसरी भयो भन्नेबारे अहिलेसम्म थाहा हुन सकेको छैन ।

जहाजका मालिकले युक्रेनको स्थानीय राहत सेवाले चालकदलका दुई सदस्य र अन्य चार जनाको उद्धार गरेको पनि बताएका छन् । उक्त जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट बाहिरिएपछि ओडेसानजिकै युक्रेनको तटमा पार्क गरिएको थियो ।

स्वतन्त्र रुसी टीभीको प्रसारण बन्द
रुसको स्वतन्त्र सञ्चारमाध्यम टीभी रेनले आफ्नो प्रसारण अनिश्चितकालका लागि बन्द गरेको बिबिसीले बताएको छ ।

रुसको दूरसञ्चार नियामकले यो साताको सुरुमै उग्रपन्थलाई उक्साएको, रुसी नागरिकहरूलाई दुर्व्यवहार गरेको, शान्ति र सुरक्षामा व्यापक अवरोध ल्याएको र विरोध प्रदर्शनलाई प्रोत्साहित गरेको आरोपमा टीभी रेनलाई प्रतिबन्ध लगाएको थियो ।

संस्थापक नातालिया सिन्डेयेभाले भनिन्, ‘युद्धलाई नाइँ भनौँ’ स्टुडियोबाट कर्मचारीहरू बाहिरिँदै गरेको दृश्य देखिन्छ । यसअघि रुसमा बीबीसीको प्रसारणलाई पनि नियन्त्रित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको थियो ।

रुसको सीमामा पश्चिमाबाट खतरा देखिएको कारण युक्रेनमा सैन्य कारबाही गरियो: पुटिन
राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताएका छन् ।

बिहीबार रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले उत्त धारणा राख्दै भने, ‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।’

रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताए । ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ’ । उनले भने, ‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ’ ।

प्रतिक्रिया