सुन प्रतितोला रु १ लाख नजिक
अखबार टुडे
प्रकाशित:
२०७८, २० फाल्गुन

काठमाडौं, २० फागुन । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले बढेर ९९ हजार ९०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० तोकिएको छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला एक हजार ३८० कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३५ डलर आसपास कारोबार भइरहेको छ । महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।

प्रतिक्रिया