विप्लव र भीम रावलबीच भेटवार्ता
प्रकाशित:
२०७८, १९ फाल्गुन
काठमाडौं, १९ फागुन । नेकपा एमालेका नेता डा. भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बिहीबार बिहान भेटवार्ता भएको छ ।
चन्द र नेता खड्गबहादुर विश्वकर्मा एमाले नेता रावललाई भेट्न टोखास्थित उनकै निवास पुगेका हुन् ।
तीनै नेताबीचको भेटवार्तामा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षा लागि एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । संसदबाट एमसीसी अनुमोदन भएसँगै पार्टीका महासचिव विप्लवले एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् ।
यसअघि विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया