पार्टी नछोड्न नारायणकाजीलाई प्रचण्डको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, १९ फाल्गुन

काठमाडौं, १९ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका नेता नारायणकाजी श्रेष्ठबीच खुमलटारमा भेटवार्ता गरेका छन् ।
बिहान भएको सो भेटवार्तामा प्रचण्डले आफ्नो असन्तुष्टि पार्टीको बैठकमा राख्न र पार्टी नछोड्न आग्रह गरेका छन् ।

एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुनसक्ने अभिव्यक्ति दिएपछि यी दुई नेताबीच दुरी बढेको छ । तर, त्यसपछि फेरि प्रचण्डले आफू बहकिएको भन्दै पार्टी नछोड्न श्रेष्ठलाई आग्रह गरेका हुुन् । स्रोतका अनुसार श्रेष्ठले, ‘मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईंले नै अलग्याउन खोज्नुभएको छ’ ।

रुष्ट नारायणकाजीलाई फकाउने प्रयासमा यसअघि अध्यक्ष प्रचण्ड र वर्षमान पुन (अनन्त)ले नारायणकाजीको निवास हात्तीवनमा पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रचण्डले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा आफ्नो असन्तुष्टि राख्न श्रेष्ठलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया