युक्रेनी सेनामा भर्ति भएका यी युवा को हुन् ?
अखबार टुडे
प्रकाशित:
२०७८, १९ फाल्गुन

काठमाडौं । एक नेपाली युवा ‘रुसविरुद्ध लड्न भन्दै’ युक्रेनी सेनामा प्रवेश गरेका छन् । आफ्नो घर नेपाल बताउने प्रताप बस्नेतले आफू रुसविरुद्ध युक्रेनका तर्फबाट ‘युद्ध लड्न’ सेनामा गएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

रुसले युक्रेनमाथि आक्रणण तिव्र बनाइरहेका बेला त्यहाँ रहेका दुई सयभन्दा बढी नेपाली राजधानी किभबाट भागेर छिमेकी पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । तर, किभमै रहेका बस्नेतले युक्रेनका लागि रुसविरुद्ध लड्ने बताएका छन् ।

उनले ‘युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको समेत बताउँदै आफू मानवीयताका लागि आफू युद्धमा होमिएको बताएका छन् । बुधबार मात्र युक्रेनका सेना प्रमुखले युक्रेनी सेनामा भर्ती हुन नेपाली युवालाई आग्रह गरेका थिए । त्यसलगत्तै सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू युक्रेनी सेनामा भर्ती भएको बताएका छन् । तर, उनी नेपाल कुन ठाउँका भनेर अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया