महाशिवरात्रि : तस्बिरमा पुशपति क्षेत्र
प्रकाशित:
२०७८, १७ फाल्गुन

काठमाडौं, १७ फागुन । आज महाशिवरात्रिको दिन बिहानै पाशुपात क्षेत्रमा दर्शनार्थीको भीड लागेको छ । आजको दिन नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ ।

त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । महाशिवरात्रिको अवसरमा सर्वसाधारण भक्तजनका लागि मन्दिरको ढोका खुला गरिएको छ । मन्दिरमा विशेष पूजाका साथै हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्थासमेत मिलाएको छ ।








प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने