संसद भवन अगाडिको शंकास्पद कुकर सेनाद्वारा निष्क्रिय
प्रकाशित:
२०७८, १६ फाल्गुन
काठमाडौं, १६ फागुन । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पारेको हो ।
सो स्थानमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको प्रहरीले पुष्टि गरेको छ । केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।
प्रतिक्रिया