भारत हुँदै माल्टा हिँडेका ७ जनालाई अध्यागमनले फर्कायो
प्रकाशित:
२०७८, १६ फाल्गुन
काठमाडौं, १६ फागुन । आइतबार भारतहुँदै माल्टा जान लागेका ७ जनालाई त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएको छ । श्रम स्वीकृतिसमेत नभएपछि ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको हो ।
आइतबार अध्यागमनबाट फिर्ता हुनेमा ललितपुरका सुजन तामाङ, धादिङका वीरसिंह तामाङ र मंगले तामाङ,सुनसरीका कुवेर कोइराला, कास्कीका अनुप लामिछाने, लम्जुङका बिमला लुँइटेल र स्याङ्जाका किरन गुरुङ रहेका छन् ।
माल्टाको श्रम स्वीकृति नभएका उनीहरु एयर इन्डियाको जहाजबाट माल्टा जाने तयारीमा थिए । मानव तस्करको सञ्जालमा परेको आशंकामा अध्यागमनका अधिकारीहरुले उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको बताइएको छ ।
प्रतिक्रिया