रुस-युक्रेनबीच भीषण युद्ध जारी, युक्रेनलाई चारैतिरबाट घेर्न रुसको थप निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, १५ फाल्गुन

काठमाडौं, १५ फागुन (एजेन्सी) । रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् ।
रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरेको ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताएका छन् । उनले युक्रेनी सशस्त्र बलहरूले शत्रुलाई नष्ट गरिरहेको समेत दाबी गरेका छन् ।

रसियाले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका थिए । शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा सयौं हताहत भएको जनाइएको छ ।

जेलिन्स्किीले बेलारुसमा वार्ता नगर्ने
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । तर उनले वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुृनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।

युक्रेनका राष्ट्रपतिद्धारा युरोपियन युनियनको सदस्ता माग
यसैबीच युक्रेनका राष्ट्रपति जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन् ।

उनले ट्वीटमा भनेका छन्, ‘अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौँ । त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस् ।’

युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन
युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ । वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको हो ।

अमेरिकाले शनिबार वार्ताका लागि आह्वान गरेकोमा युक्रेनले अहिले वार्ताको औचित्य नभएको जवाफ दिएको थियो । युक्रेनी सेना र रुसी सेनाका बीचमा युक्रेनमा आइतबार पनि युद्ध जारी छ ।

आइतबार युक्रेनको दक्षिणी सहर नोभा काखोभ्कालाई रुसले आफ्नो नियन्त्रणमा लिएको छ । युक्रेनी सञ्चारमाध्यमले नै डीनीपर नदीको किनारमा रहेको यो सहरलाई रुसले नियन्त्रणमा लिएको जनाएका हुन् । रुसी सेनाले सहरको कार्यकारी समितिलाई नियन्त्रण गरेको र सबै भवनबाट युक्रेनको झन्डा झिकेको नोभा काखोभ्काका नगरप्रमुखले बताएका छन् ।

त्यसैगरी युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि रुसी सेना प्रवेश गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । खार्किभका क्षेत्रीय प्रशासन प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छिरेको पुष्टि गरे ।

प्रतिक्रिया