झलनाथ खनालले भने- ‘शर्तैशर्तले बेरिएको एमसीसी मलाई मान्य छैन’
अखबार टुडे
प्रकाशित:
२०७८, १५ फाल्गुन

काठमाडौं, १५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सांसदहरुलाई एमसीसी सम्झौता पारित नगर्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफलमा बोल्दै नेता खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई अध्ययन गरेरमात्र पारित गर्नुपर्ने अफ्नो धारणा राखेका छन् ।

एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुखमार्फत उनले माग गरेका छन् । एमसीसी र एमसीसीसँग भएका पत्राचार पनि सदनले हेर्न पाउनुपर्ने उनको माग छ । उनले एमसीसी सम्झौता शर्तैशर्तले बेरिएको भन्दै ती शर्तहरु आफूहरुलाई अमान्य रहेको बताए ।

आज आइतबार जारी संसद बैठकमा एमसीसीबारे सांसदहरुबीच छलफल भइरहेको छ । आइतबारमात्रै सत्तारुढ गठबन्ध्नबीच ‘ब्याख्यामत्क घोषणा’सहित एमसीसी संसदबाट पारित गर्ने निर्णय भएको हो । तर, अझै पनि दलका नेताबीच मतभेद देखिएको छ । माओवादी केन्द्रका केही नेताहरुसमेत विरोध जनाएका छन् ।

प्रतिक्रिया