अभिनेता पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
अखबार टुडे
प्रकाशित:
२०७८, १५ फाल्गुन

काठमाडौं, १५ फागुन । मोडल तथा अभिनेता पल शाहले आइतबार तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । एक गायिकाबाट जबरजस्ती करणीको किटानी जाहेरी दर्ता गरेपछि अभिनेता शाह फरार थिए । आइतबार आत्मसमर्पण गर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटट लेख्दै ‘आफैँ उपस्थित’ हुने जनाएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेको पुष्टि गरेका थियो । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा ती गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

यसैबीच पलमाथि अर्को पनि करणीसम्बन्धी कसूरमा किटानी जाहेरी भएको बताइएको छ । नवलपरासीको गैंडाकोटकी एक पीडितले इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अइतबार किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछिमात्रै दर्ता हुने÷नहुने टुंगो हुनेछ ।

प्रतिक्रिया