अन्तत: एमसीसी पास हुने भो
अखबार टुडे
प्रकाशित:
२०७८, १५ फाल्गुन

काठमाडौं, १५ फागुन । सत्तारुढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । नेकपा एकीकृत समाजवादीको भने अहिले स्थायी कमिटी बैठक जारी छ ।

प्रतिक्रिया