वैदेशिक रोजगारमा जाने श्रमिकको निःशुल्क कोरोना परीक्षण गर्ने सरकारको निर्णय
प्रकाशित:
२०७८, १३ फाल्गुन
काठमाडौं, १३ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।
शुक्रबार स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको हो ।
मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया