युक्रेनमा रहेका नेपालीलाई घरभित्रै सुरक्षित बस्न, कागजात बोक्न र निरन्तर सम्पर्कमा रहन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, १३ फाल्गुन

काठमाडौं, १३ फागुन । रुसले युक्रेनमा सैन्य आक्रमण गरेपछि त्यहाँ हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द गरिएको छ जस्ले त्यहाँ रहेका नेपालीहरु थप समस्यामा परेका छन् ।

हवाईमार्गबाट तत्काल युक्रेन छोड्न असम्भव देखिएको सन्र्दभमा जर्मनीमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकाले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाइ अहिले बसोबास गरिरहेको ठाउँमै घरभित्रै सुरक्षित बस्न अनुरोध गरेको छ ।

युक्रेन सरकार र सम्बन्धित कलेज÷विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

युक्रेनका सबै भूभागमा गरी झण्डै दुई सय नेपाली नागरिक रहेको विवरण छ । तीमध्ये ७ जना पूर्वी युक्रेनमा छन् । अहिलेसम्म १ सय ५० नेपाली सम्पर्कमा आएको र तत्काल उद्धार गर्नसक्ने अवस्था नरहेको युक्रेनका लागि नेपाली राजदूत रामकाजी खड्काले बताए ।

प्रतिक्रिया