एमसीसीविरुद्धको प्रदर्शनमा जे जेखियो (तस्बिरहरु)
प्रकाशित:
२०७८, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । एमसीसी सम्झौताविरुद्धको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । एमसीसी संसदमा पेश गरिएके विरोधमा बिहीबार नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको हो ।

एमसीसीको विरोधमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका भ्रातृ संगठनलगायत अन्य ६ कम्युनिष्ट घटक सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठी हानेको छ । दर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेका छन् ।

यसैबीच बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक बस्नैनबसी स्थगित भएको छ । एमसीसीबारे छलफल गर्न तयारी नपुगेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहपछि बैठक स्थगित गरिएको जनाइएको छ । बैठक भोलि शुक्रबार साढे १२ बजे बस्ने भएको छ ।



प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने