सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढ्यो
अखबार टुडे
प्रकाशित:
२०७८, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९६ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर १ हजार ३१५ पुगेको महासङ्घले जनाएको छ ।

नेपालको सुनचाँदी बजारमा अन्तरराष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीका मूल्य बढे अनुसारनै आज नेपालको बजारमूल्यमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।

प्रतिक्रिया