अमेरिकालाई एमसीसी फिर्ता लैजान वामदेव गौतमको आग्रह (विज्ञप्तिसहित)
प्रकाशित:
२०७८, १० फाल्गुन
काठमाडौं, १० फागुन । राष्ट्रियसभा सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै नेता गौतमले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका छन् ।
नेता गौतमले विज्ञप्तिमा भनेका छन्, ‘यो सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि प¥यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु ।’
प्रतिक्रिया