सुनको मूल्य प्रतितोला ९७ हजार
प्रकाशित:
२०७८, १० फाल्गुन
काठमाडौं, १० फागुन । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज ८०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ७०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’