एमसीसीविरोधी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको पुत्ला दहन
अखबार टुडे
प्रकाशित:
२०७८, ९ फाल्गुन

काठमाडौं, ९ फागुन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका छन् ।

सोमबार एमएसीसीको विरोधमा बानेश्वरबाट निस्किएका विद्यार्थी नेताहरुले बानेश्वरमा गृहमन्त्री खाँणको पुत्ला दहन गरेका हुन् । विद्यार्थीले गृहमन्त्रीको पुत्ला जलाउँदा प्रहरीको उपस्थिति थिएन ।

एमसीसीविरोधी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरुले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । आइतबार नयाँबानेश्वरमा भएको एमसीसी विरोध कार्यक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

प्रतिक्रिया