एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, ९ फाल्गुन

काठमाडौं, ९ फागुन । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ ।’ उनले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए ।

साथै, एमसीसीको विरोधमा सडकमा उत्रिएका जनतामाथि गरिएको ज्यादतिपूर्ण भत्र्सना गर्ने र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि सरकारसँग पहल गर्ने पार्टीका महासचिव बेदुराम भुषालद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया