प्रधानमन्त्रीको प्रतिक्रिया, ‘एमसिसी अब पास हुन्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, ८ फाल्गुन

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पारित हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग पारित हुने बताएका हुन् ।

बैठक सकिएपछि सञ्चारकर्मीहरुले एमसीसी कहिले पास हुन्छ भनी सोधेको प्रश्नको जवाफमा देउवाले भने, ‘पेस भयो, अब पास हुन्छ ।’
प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गरेका थिए ।

प्रतिक्रिया