काठमाडौं, ८ फागुन । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल गर्ने निर्णय गरेको गरेको छ । लामो वादविवादपछि अन्ततः गठबन्धनले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले सत्तारूढ गठबन्धनले एक मतका साथ एमसिसी टेबल गर्ने सहमति गरेको जानकारी दिए ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध गरिरहेको छ नि भन्ने प्रश्नमा मन्त्री कार्कीले भने, ‘उहाँहरुले नै यो सम्झौता संसद्मा लैजानुभएको हो । संसद्को अवरोध कायम राख्नु हुन्छ कि खोल्नुहुन्छ, अब यो विषय पनि उहाँहरुकै हो, उहाँहरुलाई नै सोध्नुहोस् ।’
जनताको सार्वभौम जनप्रतिनिमूलक थलो संसद्मा नै यस विषयमा अब छलफल हुने र निष्कर्षसमेत निस्कने उनको भनाइ थियो ।
दातृ राष्ट्र अमेरिकाले करिब रु ५५ अर्ब अनुदान यही फागुन १६ गतेभित्र एमसिसी पारित गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गर्दै आएको छ ।
अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ । उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुनेछ ।