टुरिस्ट भिसामा दुबई हिँडेका ३५ जनालाई अध्यागमनले रोक्यो
प्रकाशित:
२०७८, ६ फाल्गुन
काठमाडौं, ६ फागुन । काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट टुरिस्ट भिसामा दुबई जान लागेका ३५ जनालाई शंकास्पद लागेपछि त्रिअबी अध्यागमन कार्यालयले रोकेको छ ।
अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरु फ्लाई दुबइको एफजेड–५७२ नम्बरको उडानबाट शुक्रबार दुबई जान लागेका हुन् ।
स्रोतका अनुसार ठूलो संख्यामा साँस्कृतिक कार्यक्रमका लागि भन्दै दुबई जान लागेको तर गृहमन्त्रालयले तोकेको कागजपत्र र दुबईस्थित नेपाली दूतावासको ‘नो अब्जेक्सन लेटर’ समेत नभएकाले रेकेका हौं । आयोजकले पनि दुबई जानैपर्ने आधार प्रस्तुत गर्न नसकेको स्रोतको भनाई छ ।
पछिल्लो समय मानव तस्करहरु सक्रिय भएको भन्दै गृह मन्त्रालयले ‘भिजिट भिसा’मा अध्यागमन कार्यालयलाई कडाइ गर्न निर्देशन दिएको छ । सो भिसामा विदेश जानैपरे मन्त्रालयले त्यसका लागि आवश्यक मापदण्ड पनि लागू गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार