झुलनेटामा लक्ष्मी बैंकको ११औं एक्स्टेन्सन काउण्टर
अखबार टुडे
प्रकाशित:
२०७८, ५ फाल्गुन

काठमाडौं, ५ फागुन । लक्ष्मी बैंकले एघारौं एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा ११ औं एक्स्टेन्सन काउण्टरको स्थापनाको गरेको हो ।

यो एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग सेवा प्रदान गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

लक्ष्मी बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया