ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी
अखबार टुडे
प्रकाशित:
२०७८, ५ फाल्गुन

काठमाडौं, ५ फागुन । नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू बागमती प्रदेश कमिटीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

भ्रष्टाचार प्रकरणमा छानविन गरी कारवाही गर्न माग गर्दै ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवद्वय योगेश भट्टराई, पदमा अर्याल र नेता भानुभक्त ढकालविरुद्ध बिहीबार कमिटकिा संयोजक दीपक बुढाथोकी, नेता सुदेश पराजुलीलगायतले अख्तियार केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएका हुन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले झापामा रहेको गिरिबन्धु टी स्टेटको अर्बौको जग्गाको सट्टापट्टा गर्न पाउनेगरी संशोधन गरी नीतिगत भ्रष्टाचार गरेको र यसमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अर्याल पनि संलग्न रहेको भन्दै छानविन गर्न माग गरिएको छ ।

त्यसैगरी ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कारवाही गर्न माग गरिएको छ । त्यसैगरी भिजिट नेपाल २०२० का नाममा राज्यकोषको करोडौं रकम व्यापक हिनामिना गर्ने तत्कालीन पर्यटनमन्त्री भट्टराईमाथि छानविन गरी कारवाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया