‘एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न मिल्दैन’
अखबार टुडे
प्रकाशित:
२०७८, ४ फाल्गुन

काठमाडौं, ४ फागुन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरु सरकारमा बस्न नमिल्ने बताएका छन् ।

एमसीसी सम्झौताबारे सत्ता गठबन्धनबीच विमती भइरहेका बेला भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने अभिव्यक्ति दिएका हुन् ।

उनले लेखेका छन्, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन÷सरकारमा बस्न मिल्दैन । सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।’

नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताउँदै आएको छ । माओवादीले एमसिसी जबरजस्ती पारित गर्न खोजे गठबन्धन तोडिने समेत चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया