एमालेले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने
प्रकाशित:
२०७८, ३ फाल्गुन
काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ ।
नेपाली काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेका बेला एमालले भने अवरोध गर्ने भएको हो ।
एमाले सांसद शेरबहादुर तामाङले माग पूरा नभएकाले भोलि बस्ने संसद बैठक अवरोध गर्ने बताए । एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको छ ।
पार्टीले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनको भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया