सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप
अखबार टुडे
प्रकाशित:
२०७८, १ फाल्गुन

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः प्रदर्शनमा उत्रिएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।
सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेका थिए । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको मूल गेट तर्फ लागेका थिए । प्रहरीले मूल गेटमा पनि रोकेपछि उनीहरुले सडकमा प्रदर्शन गरिरेका छन् ।
कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै नारा लगाइरहेका छन् ।

प्रतिक्रिया