कमल थापालाई ‘हाँसो उठ्छ’ !
अखबार टुडे
प्रकाशित:
२०७८, १ फाल्गुन

काठमाडौं । राप्रपा छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका कमल थापाले पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल टिवटरमा ‘हाँसो उठ्छ’ शीर्षक दिएर स्टाटस लेख्दै थापाले नयाँ सिर्जना बाध्यता रहेको आफ्नो बाध्यता रहेको समेत बताएका छन् ।

थापाले लेखेका छन्, ‘म राप्रपाबाट औपचारिकरुपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ ।’

उनले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको आरोप लगाउँदै भनेका छन्, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने । बाहिर निस्कँदा पनि सुख नपाउने। राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन । नयाँ सिर्जना वाध्यता हो ।’

थापाले सोमबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिने तयारी गरेका छन् ।

प्रतिक्रिया