चर्चित र्‍यापर स्नुप डगविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर
अखबार टुडे
प्रकाशित:
२०७८, २९ माघ

काठमाडौं, २९ माघ (एजेन्सी) । एक महिलाले चर्चित अमेरिकी र्‍यापर स्नुप डगविरुद्ध बुधबार मुद्दा दायर गरेकी छिन् । उनीहरूले करिब नौ वर्षअघि आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

नाम नखुलेकी तीे महिलाका अनुसार मे २०१३ मा स्नुप डग कन्सर्टपछि उनीमाथि दुर्व्यवहार गरेका थिए । पीडित महिलाका अनुसार बाथरुम भित्र रहेका बेला स्नुप डग अचानक प्रवेश गर्दै उनलाई यौन सम्पर्कका लागि जबर्जस्ती गरेको ती महिलाले उजुरीको क्रममा उल्लेख गरेकी छन् ।

उनले स्नुप डगको प्रभाव र प्रभुत्वका कारणले दबाब महसुस गरेको र यदी डगको चित्त दुखाए संगीत उद्योगमा कहिल्यै फर्कन नपाउने डरका कारण त्यस बेला उजुरी नदिएको बताएकी छन् ।

तर स्नुप डगले यसबारे मिडियासँग केही प्रतिक्रिया दिएका छैनन् । यद्यपि उनले आफ्नो इन्स्टाग्राममा बुधबार लेखेका छन्, ’गोल्ड डिगरहरूको सिजन छ यहाँ । सावधान रहनुस् । सावधान रहनुस् । र सर्कल सानो राख्नुहोस् ।’

अन्तर्राष्ट्रिय मिडियाले तिनै महिलालाई लक्षित गर्दै यस्तो लेखेको हुनसक्ने जनाएका छन् । मिडियाका अनुसार ती महिला संगीत उद्योगमै सक्रिय थिइन् । उनी पहिले स्नुप डगसँग मिलेर पनि काम गरेको बताइन्छ । उनको मुद्दामा डान्सर, मोडल र अभिनेत्रीको रूपमा वर्णन गरिएको छ । स्नुप डगको वास्तविक नाम भने केल्भिन ब्रोडस हो ।

प्रतिक्रिया