नेपाल यूएईसँग २५ रनले पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, २९ माघ

काठमाडौं, २९ माघ । ओमानमा भइरहेको चार देशीय टि– २० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो । यूएईले दिएकोे उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन मात्रै बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४१ रन, आशिफ शेखले ३४ र पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका लोकेश बमले ३३ रन बनाए । यूएईका रोहन मुस्तफा र कासिफ दाउदले दुई–दुई तथा जुनैद सिद्धिकीले एक विकेट लिए ।

यूएईका लागि चिराज सुरीले सर्वाधिक ८४ रन बनाए । नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया