महाशाखा भन्छ, ‘अबको तीन दिन वर्षा र हिमपातको सम्भावना छैन ’
अखबार टुडे
प्रकाशित:
२०७८, २९ माघ

काठमाडौं । शनिबारदेखि मंगलबारसम्म मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको तीन दिन वर्षा र हिमपातको सम्भावना देखिएको छैन ।

हुन त अहिले पनि नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ ।

शनिबारसम्मको अनुमानका आधारमा करिब एक हप्तायता पानी पार्ने तथा हिमपात गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको मौसमविद् वरुण पौडेलले बताएका छन् ।

प्रतिक्रिया