१८ फेब्रुअरीको पर्खाइमा ११ मोडल : को बन्ला सुपर मोडल ?
अखबार टुडे
प्रकाशित:
२०७८, २८ माघ

काठमाडौं, २८ माघ । ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०२२’को ग्राण्डफिनाले यही फेब्रुअरी १८ मा हुँदैछ । प्रतियोगिताको यो पाँचौं संस्करण हो ।

आरएण्डआर गु्रपद्वारा आयोजित यस प्रतियोगितामा ११ जना मोडलहरु प्रतिस्पर्धामा छन् । यतिखेर उनीहरु ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ उपाधि जित्न आतुर छन् । ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०२२’को अन्तिम प्रतिस्पर्धा माघ ६ गते नै तय भएको थियो । तर, कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै स्थगित गरियो । अहिले पुनः कोरोना संक्रमण कम भएसँगै १८ फेब्रुअरीमा प्रतियोगिताको फाइनल गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ । उक्त दिन ११ प्रतिस्पर्धीमध्ये एक जना ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ घोषित हुनेछिन् ।

प्रतिस्पर्धीहरुलाई मोडलिङ र आत्मविकासबारे कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले प्रशिक्षण दिँदै आएका छन् । मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवतीहरुलाई लक्षित गर्दै आरएण्डआर गु्रपले ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ प्रतियोगिताको सुरुवात गरेको हो ।
हालसम्म अघिल्ला चार संस्करणमा क्रमशः करिश्मा केसी, सृष्टि तामाङ, स्वस्तिका प्रधान र सदा थापाले नेपाल्स नेस्क्ट सुपर मोडलको उपाधिमा जितिसकेका छन् ।

पावरबाई खल्ती एप रहेको यस प्रतियोगिताका लागि आईआईएफटी अटायर पार्टनरका रुपमा रहेको छ भने पम्फाज फेसन ‘थिम पार्टनर’ रहेको छ । त्यस्तै, प्रतियोगीहरुको मेकओभरको जिम्मेवारी ब्युटी गार्डेन र द गु्रमिङ स्टेशनले लिएको छ ।

प्रतिक्रिया