चुनावका लागि ५० अर्ब बजेट माग
अखबार टुडे
प्रकाशित:
२०७८, २७ माघ

काठमाडौं, २७ माघ । अर्थमन्त्री जनार्दन शर्माले आगामी चुनावका लागि मात्रै रु. ५० अर्ब बजेट माग रहेको बताएका छन् ।

विहीबार आर्थिक वर्ष २०७८÷७९को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले चुनावका लागि ५० अर्ब बजेट माग रहेको बताएका हुन् ।

त्यसका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताउँदै बाँकी बजेट के–कसरी ब्यवस्थापन गर्ने, भन्नेबारे अध्ययन भइरहेको उनले बताए । उनले भने, ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं । स्रोत व्यवस्थापनमा चुनौती छ ।’

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिसकेको छ । जसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्ने अर्थमन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया