माओवादी केन्द्रको बैठक फेरि स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, २७ माघ

काठमाडौं, २७ माघ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ ।
यही माघ २८ र २९ गते बोलाइएको बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

माघ २८ र २९ गते बैठक बस्ने बैठकले केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो समितीलाई पूर्णता दिने बताइएको थियो ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । विशेषगरी पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा सकस देखिएको छ ।
महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दावी गरेपछि प्रचण्डलाई दुबै नेतालाई मिलाउन सकस देखिएको हो ।

पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

प्रतिक्रिया