एमसीसीबारे अन्योल बढिरहेका बेला प्रतिनिधिसभा बैठक स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, २५ माघ

काठमाडौं, २५ माघ । प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभा सचिवालयले मंगलबार सूचना टाँस गरी बैठक स्थगित गरिएको जानकारी गराएको हो ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबल हुने/नहुने अन्योल बढिरहेका बेला बैठक स्थगित गरिएको हो । सरकारले सभामुख अग्नि सापकोटालाई संसदमा एमसिसी टेबल गर्न आग्रह गरिसकेको छ । तर, सभामुख सापकोटाले एमसिसी टेबल गर्छन् कि गर्दैनन् भन्ने अन्यौल यथावत् रहेको बेला बैठक स्थगित भएको छ ।

सभामुख सापकोटालाई कानुनमन्त्री दिलेन्द्र बडुले भेटेरै प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्न आग्रह गरेको बताइएको छ । सभामुख सापकोटा सरकारको प्रस्तावमा सकरात्मक छैनन् । विशेषगरी उनी संसदमा एमसिसी टेबल गर्न नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया